मानव हो! शान्त भएर बस कोरोना जित्नुपर्छ।भोको पेट र खाली जेभले ग्यास मात्रै भर्नुपर्छ। लासले गाडी चढिरहँदा हजुरको शहरमा,जन्मभूमि टेक्छु भन्ने पैदल हिँड्दै मर्नुपर्छ। मलामी तयारी थिए, पायौ जवान मिर्गौला,सलाम हजुर! देशलाई अब डाइलोसिस गर्नुपर्छ। हाम्रो देश, हाम्रो गैरव, शान नेपालीको,भोकै मरे सीमानामा रेमिट्यान्स फिर्ता गर्नुपर्छ। डर लाज हराइसक्यो जमीन बेच्ने डाकाहरूको,जुत्ता माक्स लगाइदिन संसद…