Logo

भारत

भारतमा ३ हप्ता लकडाउन, मोदीले भने, ‘कोरोना अर्थात् कोही पनि सडकमा ननिस्कनुस्’



सन्‍ताेष राई, नयाँदिल्ली, ११ चैत – भारतले तीन साता लामो देशव्यापी ‘लकडाउन’ घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशैभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले स्वास्थ्यका पूर्वाधारहरूलाई अझै प्रभावकारी बनाउनका लागि १५ हजार करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन्।

मोदीले मंगलबार साँझ गरेको सम्बोधनमा मध्यरातबाट लागू हुने गरी २१ दिनसम्म लकडाउन गर्ने घोषणा गरे। आफूले प्रधानमन्त्रीको रुपमा नभइ परिवारको सदस्यका रुपमा यो आह्वान गरेको बताएका छन्।

‘२१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ, घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस्,’ मोदीले आफ्नो सम्बोधनमा जोड दिएर भनेका छन्।

मोदीले आफ्नो टेलिभिजन सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमणविरुद्ध ब्यानर पनि प्रस्तुत गरे। ‘कोः कोई, रोः रोड पर, नाः ना निकले। अथवा कोही पनि सडकमा ननिस्कनुस्।

मोदीले स्वास्थ्यकर्मी र विज्ञहरूको सुझाव अनुसार नै तीन सातासम्मलाई लकडाउन गरिएको बताए। ‘स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्त्वपूर्ण हुने भएकाले सरकार यो निष्कर्षमा पुगेको हो,’ मोदीले भने।

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल