Logo

राजनीति

लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चा सम्हाल्ने चन्दा अधिकारीः कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा



काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिलाः अमेरिका, क्यानाडा, अस्ट्रेलिया क्षेत्र) पदका लागि सामाजिक एवं राजनीतिक कार्यकर्ता चन्दा अधिकारीले प्रतिस्पर्धा गर्दैछन्। ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नेपाली कांग्रेस’को सिद्धान्तलाई आत्मसात् गर्दै अधिकारीले प्रवासमा रहेका नेपालीको हकहित र पार्टी संगठन सुदृढीकरणका लागि उम्मेदवारी दिएकी हुन्।  

विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवामा सक्रिय अधिकारीको राजनीतिक यात्रा संघर्ष र निरन्तर संगठन निर्माणसँग जोडिएको छ। उहाँले विसं २०५९ मा राधा दामोदर संस्कृत माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ अध्यक्ष भएर प्रारम्भिक राजनीतिक यात्रा सुरु गरिन्। त्यसपछि उनले पोखरास्थित पठाकन्या क्याम्पसमा नेविसंघको इकाई उपसभापति, स्ववियु सदस्य, स्ववियु सहसचिव हुँदै इकाई सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी छन्।

२०६६ मा नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सदस्य निर्वाचित भएकी अधिकारी सोही वर्ष सम्पन्न १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएकी थिइन्। पछि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै उनले नेपाली जनसम्पर्क समिति क्यानाडाको उपसभापति, नेपाली कांग्रेस महासमिति सदस्य तथा हाल जनसम्पर्क समिति क्यानाडाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्। उनी गैरआवासीय नेपाली संघ क्यानडाको निर्वाचित महासचिव तथा अध्यक्ष पदको प्रत्यासीसमेत रहिसकेकी छन्।

विसं २०६२।६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा पटक पटक घाइते भएकी अधिकारीले आन्दोलनकै सिलसिलामा पटक पटक राजनीतिक बन्दी जीवनसमेत व्यतीत गरेकी छन्। उनको लोकतान्त्रिक निष्ठा र योगदानको कदर गर्दै विसं २०६३ मा जनआन्दोलन नायक पुरस्कार प्रदान गरिएको थियो। यसैगरी नेत्री अधिकारी अन्तर्राष्ट्रिय स्तरमा सन् २०२३ मा क्यानाडाको क्वीन एलिजाबेथ दोस्रो कम्युनिटी भोलेन्टियर अवार्ड र सन् २०२५ मा किंग चार्ल्स तेस्रो कोरोनेसन मेडलबाट विभूषित भएकी छन्।

शैक्षिक हिसाबले उहाँले अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुका साथै बौद्ध दर्शनमा आचार्य उपाधि हासिल गरेकी छन्। समुदायको सशक्तीकरण, प्रवासी नेपालीको हकहित र एकता एवं समृद्ध नेपाल भन्ने सङ्कल्पका साथ आफू चुनावी मैदानमा उत्रिएको जानकारी दिँदै अधिकारीले प्रवासमा रहेका नेपालीको अधिकार सुनिश्चितता र पार्टीलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल