Logo

राजनीति

सभापति गगन थापाकै नेतृत्वमा कांग्रेस रुपान्तरणको नवीन अध्याय आरम्भ : रीता खनाल



काठमाडौं, असोज २६ गते – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ रीता खनालले पार्टीको नेतृत्व परिवर्तनसँगै रुपान्तरणको नवीन अध्याय आरम्भ भएको बताएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदकी प्रत्याशी खनालले लोकतान्त्रिक विधि र पद्धतिमा मतदानको परिणाम स्वीकार गर्नुपर्ने प्रस्ट पार्दै सभापति गगनकुमार थापाकै नेतृत्वमा पार्टी रुपान्तरण हुने प्रस्ट पारेकी हुन्।

नेतृ खनालले सभापति थापामा आफ्नो लागि ऊर्जा, संघर्ष र धैर्यको बलियो उदाहरण र प्रेरणा रहेको बताइन्। खनालले नतिजा जे आएको छ स्वीकार्य रहेको बताउँदै मत परिणाम आफ्नो पक्षमा नआउँदैमा निरास नभएको प्रस्ट पारिन्। ‘विगतको महाधिवेशनका मतपरिणामले मलाई उर्जा दिन्छ। सभापति गगनकुमार थापा नै हाम्रा लागि पहिलो उदाहरण र प्रेरणा हुनुहुन्छ,’ खनालले भनिन्।

नेतृ खनालले २०७२ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापा पराजित र उनले पाएको ५८४ मतसँग यसपटकको १५औं महाधिवेशनमा आफूले पाएको ८०४ मतले सन्तुष्टि र उर्जा दिएको बताइन्।

नेतृ खनालले विगतमा महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सभापति थापाले पाएको ५८४ मत अहिले कांग्रेस बदल्ने संकल्पको नेतृत्वमा पुगेकाले राजनीतिमा चुनावी हारजीतभन्दा पनि निष्ठा, इमानदारिता र निरन्तरता महत्त्वपूर्ण हुने बताएकी छन्। ‘मेरो उम्मेदवारी कुनै पद प्राप्तिका लागि मात्र होइन, कांग्रेसलाई बदल्ने, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने, पार्टीलाई थप व्यवस्थित र कांग्रेस साँच्चै व्यवहारमा बदलिएको प्रत्याभूति गराउन हो,’ खनालले भनिन्।

नेतृ खनालले आफूलाई विश्वास गरेर महाधिवेशनमा महिला महामन्त्रीको उम्मेदवार बन्न हौसला दिने र मत हाल्ने सबैप्रति धन्यवाद ज्ञापन गरेन्। उनले आगामी दिनमा पनि आफ्नो राजनीतिक यात्रामा सबैको साथ सहयोग, उर्जा र प्रेरणा पाउने अपेक्षा रहेको बताइन्। नेतृ खनालले महामन्त्री (महिलातर्फ) निर्वाचित डिला पन्त संग्रौलालाई बधाई दिइन्।

प्रकाशित : २६ आश्विन २०८३, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल