काठमाडौँ, असार १४ गते । नेपाली साहित्यका डेढ दर्जन स्रष्टास्वराङ्कित रचनाका अङ्श अब विश्वकै सबैभन्दा ठूलो पुस्तकालय अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित लाइब्रेरी अफ कंग्रेसको स्थायी अभिलेखका हिस्सा बनेका छन् । दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजनाअन्तर्गत नेपाली, नेपालभाषा र मैथिली भाषाका यी ध्वनी सामग्री नयाँ डिजिटल स्वरूपमा सार्वजनिक गरिएका हुन् । एक वर्ष लामो पुनर्संरचना…