Logo

पत्र-पत्रिका

‘यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर’ भन्दै केपी ओलीले सुनाए कविता



केपी शर्मा ओली 

इच्छुमतिको किनार,
घुमेर मिराडिल
घुम्दै आइपुगियो
यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा
गौरव र पौरख
यहीँका
डाडाँहरूका सतिदेवी

काँधमा बोकेर
शोकमग्न शिवजी
भौंतारिएका थिए
यही चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले
चित्लाङबाट
गोपालीहरू
उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर
इच्छुमतिको किनार, घुमेर भिराडिल
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरूका सतिदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौंतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरू उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल फुगेका थिए ।
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरूले ।

(एमाले अध्यक्ष केपी शर्मा ओलीले यो कविता शुक्रबार ‘भिराडिल चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा सुनाएका हुन् ।)

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल