Logo

समाचार

आँशु !



रवीन्द्र मिश्र

कविता:

टेलिभिजनको पर्दामा तिमी हाँसी रहेका थियौ
म तिम्रो मरेको मुटु हेरेर रोइ रहेको थिएँ

हरेक पटक म मन्दिर जाँदा
ईश्वरलाई सोध्ने गर्छु
“तिमीले मरेको मुटु बोकेका
जीवित मान्छे कसरी बनायौ?”

हरेक पटक झुपडीमा आउँदा
तिमीलाई मैले सोधेको छु
“मरेको मुटु बोकेर तिमी
झुपडीसम्म कसरी आयौ?”

हो, मैले तिमी पनि रोएको देखेको छु
— आफन्तका लासमा
हो, मैले तिमी पनि रोएको देखेको छु
— मृत्युको त्रासमा

मलाई मरेको मुटुबाट झरेको आँशुको
— कर्म थाहा छ
मलाई मरेको मुटुबाट झरेको आँशुको
— मर्म थाहा छ

तिम्रो र मेरो आँशुमा यत्ति अन्तर छ
तिमी हाँस्न नपाएर रून्छौ
म खान नपाएर रून्छु।

(कवि तथा लेखक मिश्र साझा पार्टीका संयोजक हुन्)

प्रकाशित : २१ पुस २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल