Logo

साहित्य

मानव हो! शान्त भएर बस कोरोना जित्नुपर्छ



मानव हो! शान्त भएर बस कोरोना जित्नुपर्छ।
भोको पेट र खाली जेभले ग्यास मात्रै भर्नुपर्छ।

लासले गाडी चढिरहँदा हजुरको शहरमा,
जन्मभूमि टेक्छु भन्ने पैदल हिँड्दै मर्नुपर्छ।

मलामी तयारी थिए, पायौ जवान मिर्गौला,
सलाम हजुर! देशलाई अब डाइलोसिस गर्नुपर्छ।

हाम्रो देश, हाम्रो गैरव, शान नेपालीको,
भोकै मरे सीमानामा रेमिट्यान्स फिर्ता गर्नुपर्छ।

डर लाज हराइसक्यो जमीन बेच्ने डाकाहरूको,
जुत्ता माक्स लगाइदिन संसद भवन छिर्नुपर्छ।

हेर्नुहाेस् विशेष अन्तरवार्ता: राष्ट्रियताका लागि कांग्रेसका सांसद रगतले सहीछाप गर्न तयार

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल