Logo

पत्र-पत्रिका

आमाले दिएको गुन्यू चोली च्यातियो



बा तिमीले किनी दिएको
घाँगरमा लागेको रगतको टाटो मेटिएन
माइजुले लगाइदिएको नाक फुलि भेटिएन।

परीक्षा आयो पढाउँछु भन्दै
विषय पिच्छे शिक्षकले च्याते
घर पुर्‍याइदिन्छु भन्दै
दाइका साथीहरूले च्याते
बिस्कुट देखाउँदै
व्यापारीले च्याते।

कुच्चो लगाउँदै गर्दा
साहुजीका छोराले च्याते
न्याय दिलाउँछु भन्दै
काला कोटेहरूले च्याते।

औषधि मुलो गरिदिन्छु भन्दै
सेता कोटेहरूले च्याते
आश्रय दिन्छु भन्दै
पण्डित पुरोहितले च्याते।

सीमा रक्षा गर्छु भन्दै
सैनिकहरूले च्याते
तिम्रो साथी हुँ भन्दै
प्रहरी साथीले च्याते।

किन आमा यति कमजोर
गुन्यू चोली दियौ?
जसले देख्यो, जसले छोयो
एक–एकले च्याते।

मानवअधिकारले च्यात्यो
बालअधिकारले च्यात्यो
महिलाअधिकारले च्यात्यो
शासक–प्रकाशकले च्यात्यो।

म, तिमी, हामी सबैले च्यातेका छौं
अबोध छोरी चेलीहरूलाई
अब रोक्नुपर्छ,
रोक्किनुपर्छ।

याे पनि हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल