तिम्रो उदाङ्गिएको चोलीबाट
चिहाइरहेका सुन्दरताका ताजहरू
मात्र आधुनिक नग्नताको
पराकाष्ठालाई चुमिरहेछ
बहुलठ्ठीपनमा पट्टा खेल्दैरहेको
तिम्रो त्यो गुलावी उन्मत्त बैँस
जल्लादहरूको नजरलाई तानेर
चिरहरणमा रमाइरहेको छ।
सदियौंदेखि सुन्दरतालाई लुकाएर
अस्तित्वको सुरक्षामा उभिएको सारी चोलो
आयातीत संस्कृतिको पाखण्डपन देखाउँदै
शहरको चोक–चोकमा छोटो पहिरनमा झरेको छ
वाहा! तिम्रो संस्कार संस्कृति र बोली लवज
बडा ठिट लाग्दोगरी परिवर्तन भएर
समाजमा बेस्वादको प्रदर्शन गर्दै
हाय! कति निरीह बन्दै मरेको छ!?
सुन्दर हिमश्रृंखला मुस्कुराएझैं
फटिक लोभलाग्दो मुलायम मुहार
कृतिमताको हल्लामा घोलिएका रङहरूले
साह्रै बेमज्जाले लत्पतिएको छ
निगार र श्रृंगार धेरै हुँदाको पीडा
मुखभित्र सुपारीझैं चपाइँदैछ
दुखाइको सीमा कोर्न असफल सोचाइ
बरफको डल्लोझैं स्वतन्त्रता पग्लिदैछ।
अनि त्यही भेषभूषा र रङरोगनमा सजिएर
समाजमा घटित दूःखको कटाक्ष गर्नका लागि
आदिमझैं लाग्ने मान्छेहरूको भीड भेला गरेर
बलात्कारका विरुद्धमा सिंहझैं गर्जदैछ
तिम्रो बोली व्यवहारमा भएको मिसावटले
नाङ्गो चरित्रको प्रदर्शन गर्दै
रङ्गमञ्चको पर्दा झरेझैं स्वाभिमान झर्दैछ।
तिम्रो जवानी प्रकृतिको अनुपम उपहार हो
चिनेर मात्र प्रस्तुत गर्नुपर्थ्यो
महिमा त आदर्शको मात्र गरिन्छ
पूर्वीय शास्त्रले यही सत्य भन्थ्यो
तिमी चाहिँ लापरबाहीमा कवाज खेलेर
नैतिकताको पाठ रटाइरहेकी छ्यौ
आउने सन्ततिलाई बिथोल्ने गरी
सामाजिक दुरी बढाइरहेकी छ्यौ।
सामाजिक संरचनाको जटिलतामा हराएर
सीता सावित्रीको युग खोजी रहिछ्यौ
जीवन जोड घटाउको समीकरण त हो नि
तर, मूल्य मान्यतालाई झुठमा तौलिरहिछयौ
स्वीकारेर हैन नकारेर चल्नु पर्थ्यो
लम्पसार परेर त्वमः शरणम् भन्यौ
छ्या! घिन मान्यो रैथाने संस्कारले
तर, तिमी भने लत्रिएर, शिर झुकाएर
अनर्थमा आधुनिक मान्छे मात्र बन्यौ।।
याे पनि हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा
प्रतिक्रिया