काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक स्थगित गरेर एकताको पहल गर्न आग्रह गरेका छन्। अध्यक्ष ओलीले बोलाएको बैठक शुरु हुनुभन्दा केही समयअघि बालुवाटार पुगेका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठक स्थगित गरेर वरिष्ठ नेता नेपालसँग संवाद गर्न आग्रह गरेका हुन्। ‘एकपछि अर्को बैठक…