Logo

राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, सत्तापक्षमा कांग्रेस–माओवादी, विपक्षमा पुग्यो एमाले



काठमाडौं – सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने तय भएको हो।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकलाई प्रक्रियामा लगिने छ। ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो। तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन्।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी गराइसकेका छन्। आइतबारको पहिलो बैठकको कार्यसूची बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ।

चालु अधिवेशनमै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने छन्। उनले कहिले विश्वासको मत लिने भन्ने तय भइसकेको छैन।

साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रतिपक्षी दल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको हो।

हेर्नुहोस् भिडियोः

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल