काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। वरिष्ठ नेता नेपाललाई भेट्न कांग्रेस सभापति देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए। देउवाको साथमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का रहेको बताइएको छ। देउवा निकट स्रोतका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। हाल दुई नेता छलफलमै…