Logo

राजनीति

प्रचण्ड र सर्वोच्चको फैसलामा प्रधानमन्त्री ओलीको व्यङ्ग्य, ‘अघिल्लो दिन नै धादिङमा कसरी स्याल करायो?’



काठमाडौं – शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्यालको संज्ञा दिएका छन्।

मन्त्रीपरिषद् विस्तार, सर्वोच्चको फैसला र धादिङमा प्रचण्डको भाषणलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले धादिङमा अघिल्लो दिन नै कसरी स्याल करायो भनी प्रश्न गरेका छन्।

उनले सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्न उठाएका हुन्। सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन् ‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु,’ ओलीले भने।

उनले अघि भने, ‘अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ।’ यसो भन्दै गर्दा प्रधानमन्त्री ओलीले प्रचण्डको नामा भने लिएनन्। तर, उनले प्रचण्डलाई नै लक्षित गरी आफ्नो धारणा राखेका हुन्।

‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो। कसरी त्यो भयो ? गम्भीर प्रश्न छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने।

कार्यक्रममा ओलीले चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी पनि गरे। रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उनले बताए।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : ११ असार २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल