Logo

राजनीति

ओली प्रवृत्तिलाई परास्त गर्न विपक्षी गठबन्धन र नागरिक समाजबीच कार्यगत एकता : प्रचण्ड



काठमाडौं, १६ असार – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई परास्त गर्न विपक्षी गठबन्धन र नागरिक समाजका प्रतिनिधिको कार्यगत एकता भएको धारणा व्यक्त गरेका छन्।

बुधबार नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रचण्डले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति ओली प्रवृत्ति घातक भएको बताएका हुन्।

आफूहरूको गठबन्धन संविधानको रक्षाका लागि भएको प्रचण्डले प्रष्ट पारे। ‘तपाईहरूले पनि भन्नुभयो– तपाईहरूभित्र पनि हामीले ओली देखेका छौं, त्यसकारण धेरै आश त छैन, तर अहिलेको मुख्य समस्या ओली प्रवृ’त्ति भएकाले त्यहाँसम्म सँगै छौं, म के ठान्छु भने हाम्रो कार्यगत एकता भयो,’ उनले भने।

प्रचण्डले नागरिक समाजका प्रतिनिधिहरूले उठाएका प्रश्नमाथि गठबन्धनका आउने बैठकमा गम्भीर छलफल गर्ने बचनवद्धता व्यक्त गरेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने प्रष्ट पारेका छन्। नागरिक समाज अगुवासँग भएको अन्तरक्रिया वरिष्ठ नेता नेपालले विधि, पद्धति र मूल्यको राजनीति नछाड्ने उद्घोष गरेका हुन्।

कार्यक्रमका सहभागीले वरिष्ठ नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न गरेका थिए। लोकतन्त्र र संविधान ख’तरा उन्मुख रहेको बताउँदै नेता नेपालले ओली प्रवृ’त्तिको पुनरा’वृत्ति हुन नहुने प्रष्ट पारेका छन्। तर, आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाएका छन्।

नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ। पूर्वमाओवादी तर्फका चार जना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुँदा मनोनित भएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो।

दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी नेता रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको हो। त्यसैगरी, एमालेतर्फ रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको छ।

रघुजी पन्त र बेदुराम भुसाल एमाले वरिष्ठ नेता नेपाल पक्षका नेता हुन्। थापा, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए।

महासेठ, पन्त, रिमाल र भुसाल चाहिँ एमाले र माओवादी एकतापछि स्थायी कमिटी सदस्य भएका थिए।

यससँगै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयमा गठन गरेको आयोजक कमिटीको यो अन्तिम बैठक हो।

प्रकाशित : १६ असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल