Logo

राजनीति

नेपाली कांग्रेस सभापतिका आकांक्षी निधि, कोइराला र सिंहबीच भेटवार्ता



नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

पाँचजना भन्दा बढी नेताहरु सभापतिमा उम्मेदवारी दिने तयमरीमा छन्। यसैबीच सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। ‘लञ्च मिटिङ’ भनिएको उक्त भेटवार्तामा महाधिवेशनमा कसरी अघि बढ्ने भनेर छलफल भएको छ।

कुराकानीमा नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न चासो देखाएका छन्। उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए। कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुन्।

तीन नेताबीच निधि निवास मध्य वानेश्वरमा सोमबार दिउँसो भएको दुई घण्टा लामो भेटमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको हो। उनीहरुले अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने तयारी गरेका छन्।

मेलम्ची खोलापछि तामाकोशीबाट यस्तो खतरा। चीनतर्फ नदी थुनिएपछि नेपालमा उच्च जोखिम 

प्रकाशित : ७ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल