Logo

राजनीति

प्रधानमन्त्रीको इच्छा विपरीत कसरी कमिसन खायो होला ? : शेरबहादुर देउवा



काठमाडौं, १६ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनकै कारण कोरोना खोप आउन नसकेको बताएका छन्।

देउवाले विपक्षी पाँच दल र नागरिक समाजका अगुवाहरूबीचको छलफलमा बुधबार ओलीले कमिसनकै कारण खोप ल्याउन ढिला गरेका बताएका हुन्।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको भनिसकेको प्रष्ट पारेका छन्।

आफूले ओलीलाई दोष लगाउन नचाहेको बताउँदै देउवाले सोधे, ‘तर, प्रधानमन्त्रीको इच्छा विपरीत कसरी कमिसन खायो होला?’

देउवाले अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले न्यायाधीशहरूलाई अनावश्यक धम्की दिएको टिप्पणी गरे। तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने देउवाको भनाई छ।

अदालतका न्यायाधीशहरू पनि प्रधानमन्त्री ओलीको धम्कीबाट डराउने हो भने के होला देश भन्दै देउवाले प्रश्न गरे। निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने भए पनि स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उनले बताएका छन्।

हेर्नुहोस् कांग्रेस सभापति देउवाको सम्बोधन

प्रकाशित : १६ असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल