Logo

राजनीति

एमाले स्थायी कमिटिको बैठक बस्दै, बैठक सार्न नेपाल पक्षको आग्रह



पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुँदैछ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बैठक शुरु हुन लागेको हो।

शुक्रबारको एमाले स्थायी कमिटी बैठकमा मुख्य तीन एजेण्डामा केन्द्रित रहने छलफल हुनेछ। एमालेका सचिव शेरबहादुर तामाङका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ।

सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ। त्यस्तै, संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल हुने तामाङले जानकारी दिएका छन्।

माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ। बैठकस्थलमै पुगेर पनि आग्रह गर्न सक्ने माधव समूहका एक नेताले बताए। समूहमा छलफल गरेर मात्र आफूहरु पार्टीको बैठकमा सहभागी हुन चाहेको उनले बताए। बैठक नसारे आफूहरु नजाने पनि उनले जानकारी दिएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल