Logo

राजनीति

सभापतिका आकांक्षी तीन कोइरालाको भेट : एकताको सन्देशसँगै साझा उम्मेदवार बनाउने प्रयास



नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदो छ। यससँगै नेताहरु आन्तरिक छलफल व्यस्त भइरहेका छन्। विशेषगरी सभापतिका आकांक्षीहरुले भेटघाटलाई तीव्र बनाएका छन्।

एकै समूहमा पनि धेरै आकांक्षी भएका कारण साझा उम्मेदवारको खोजीमा पनि छलफलहरु केन्द्रीत भएका छन्। शनिबार सभापतिका आकांक्षी तीन कोइरालाबीच भेट भएको छ। ‘लञ्च मिटिङ’ भनिएको भेटमा शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच कुराकानी भएको हो। शशांक निवास महाराजगन्जमा भएको भेटमा उनीहरुबीच कांग्रेस महाधिवेशनमा कसरी अघि बढ्ने बढेर सरसल्लाह भएको बुझिएको छ।

यो भेटले कोइराला परिवारमा मतभेद छ भन्ने कुरालाई अपुष्ट साबित गरेको नेतृ कोइरालाले बताएकी छिन्। उनले आफूहरु एकदमै मिलेको आफूहरुबीच एकता रहेको बताएी छिन्। पार्टीलाई कसरी जोगाउने भन्ने आफूहरुको एउटै उद्देश्य रहेको उनले बताइन्। तीनै जना सभापतिको आकांक्षी भए पनि कोइराला परिवारबाट एकजना मात्र उठ्ते प्रयासमा उनीहरु रहेका छन्।

कोइराला परिवारबाट एकजना सभापतिको प्रतिस्पर्धामा उत्रिए आफ्नो दाबी नरहने सुजाताको भनाइ छ। तर शशांक र शेखर अहिलेसम्म एकअर्कालाई छोड्ने पक्षमा देखिएका छैनन्। आजको छलफलमा पनि शशांक र शेखरको अडान कायमै छ। शशांक र शेखर दुबैले एकअर्कालाई सभापतिमा सघाउन आग्रह गरे पनि सहमति हुन सकेको छैन। तर, उनीहरुले साझा उम्मेदवारका लागि फेरि प्रयास गरिने बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : २ श्रावण २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल