Logo

राजनीति

प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय



नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वा’सको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका थिए।

अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनकारी दिए। उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने बताएका छन्।

अध्यक्ष ओलीको एकतर्फी बैठकबाट यो निर्णय भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सरकारलाई मत दिने विषयमा कुनै निर्णय गरेको छैन। नेपाल समूहले स्थायी कमिटी कैठक रोक्न आग्रह गरे पनि ओलीले अस्वीकार गरेका थिए।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल