Logo

राजनीति

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल समूहले के गर्ला ?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। ओलीले शुक्रबार दिउँसो तीन बजे बैठक बोलाएका हुन्।

माले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमाले संसदीय दलको बैठक शुक्रबार दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने तय भएको हो। दलको बैठकमा सहभागी हुन सबै सांसदलाई म्यासेज गरिएकोर सबैलाई फोन गरेर बैठकबारे जानकारी गराएको प्रमुख सचतेक भट्टराईले जानकारी दिएका छन्।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जना सांसदलाई पनि बैठकमा बोलाइएको छ। प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलो पटक दलको बैठक बोलाएका हुन्। सर्वोच्च अदालतको आदेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् भने प्रतिनिधिसभा पुनःस्थापना भएको छ।

संसद अधिवेशन साउन तीन गते सुरु हुँदैछ। अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष उपस्थित हुने वा नहुनेबारे निश्चित भइसकेको छैन। नेपालनिकट एक सांसदका अनुसार बैठकबारे समूहमा छलफल हुने र निर्णय गरिनेछ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ३१ असार २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल