Logo

राजनीति

माधव नेपालले भने, ‘आफैंले बनाएको घरबाट निस्किने रहर छैन, तर अपमान सहेर बसिँदैन’



काठमाडाैं, ७ साउन – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टी भित्र बस्न नसकिने बताएका छन्। कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने बताए। नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्ने स्पष्ट पारे।

उनले भने, ‘हामी संकल्प गरौं–कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अघि बढ्नेछौँ। कम्युनिष्ट आन्दो’लनलाई सही दिशामा अगाडि लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहन्छौं। त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर नै नेकपा (एमाले) अगाडि बढोस् भन्ने चाहना व्यक्त गर्दछौं।

त्यो स्वरुपमा पार्टी अगाडि बढछ कि बढ्दैन ? हामी पर्खेर हेरिरहेका छौं। त्यस स्वरुपमा अघि बढ्छ, सोही रुपमा रुपान्तरण हुन्छ, ठिक छ। कसले बनेको घरबाट त्यत्तिकै निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन। सबै खालका कुकर्म हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन। त्यो प्रशिक्षण हामीले पाएका छैनौं।’

नेता नेपालले बाँदर जुलुस निकाल्ने, कहिले बरन्डामा उफ्रिने नाटक मञ्चन भईरहेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त गर्न नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसले प्रेरित गर्न सकोस् भनि कामना समेत गरे।

नेपालले पार्टी एक ढिक्का भएर मात्रै नहुने टिप्पणी समेत गरे। सही वैचारिक जगमा पार्टी उभिएन भने पार्टी एक ढिक्का भएर पनि कुनै अर्थ नहुने उनको तर्क थियो। पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढने उल्लेख गर्दैै वरिष्ठ नेता नेपालले भने ‘पार्टी एक ढिक्का भएर मात्रै हुँदो रहेनछ। सही वैचारिक जगमा उभिएको छ भने त्यो पार्टीको उपाध्येयता हुँदोरहेछ।’

उनी अघि प्रश्न गर्छन्, ‘वैचारिक धरातल ठिक छ कि छैन ? देश भक्तिको भावना भरिपूर्ण छ कि छैन, जनताप्रति समर्पित छ कि छैन ? समाज रुपान्तरण, समाजवाद निर्माणको बाटोमा सही हिसावले अगाडि बढेको छ कि छैन ? त्यसका नेता, कार्यकर्ताहरु इमान्दार छन कि छैनन् ? त्याग, तपस्या र बलिदानको भावनाले ओतप्रोत छन् कि छैनन् ? व्यक्तिवादी भएकी, अहंकारी भएकी, स्वार्थी भएकी ? आफ्नो स्वार्थका लागि पार्टीको नाम र झण्डा दुरुपयोग गरिरहेका छन् कि ? यी सबै कुराहरूप्रति सतर्क हुँदै गलत कुराको विरुद्ध विद्रोह गर्ने आँटका साथ पार्टीलाई अगाडि बढाउनु पर्दछ। पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढ्दछ।’

नेता नेपालले देश र जनताप्रति समर्पित भएर अघि बढाउने ध्येयका साथ नेपालमा पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गरेको पनि स्मरण गराए।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ७ श्रावण २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल