Logo

राजनीति

ओलीले भने, ‘माधव नेपालले हप्काएर पठाएका कारण भीम रावलले राजीनामा दिए’



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन्। च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने। पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले ह’प्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए।

‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए। ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं। तर माधव नेपालले मानेनन्’, उनले भने। एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। दूषित राजनीतिक खेलमा नलाग्ने भन्दै उनले राजीनामा दिएका थिए।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ४ श्रावण २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल