Logo

राजनीति

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन झलनाथ खनालको अपील (वक्तव्यसहित)



पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन्। एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन्।

‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वा’सको मत प्राप्त गर्नुपर्छ। अन्यथा मुलुकको स्थिति फेरी सं’कटग्रस्त हुनेछ। त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आ’क्रो’शबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वा’सको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले वक्तव्यमा भनेका छन्, ‘मेरो मत पनि विश्वा’सको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु।’

गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताएका छन्। ‘५ वर्षको निम्ति निर्वाचित भएको प्रतिनिधि सभालाई असंवैधानिक रुपले गरिएको विघटनलाई बदर गरी फेरि पुनः स्थापित गरिएको छ । त्यसैले यो नेपालको संवैधानिक–राजनीतिक इतिहासमा एउटा ऐतिहासिक फैसला हो,’ खनालको भनाइ छ।

रमेश खरलेकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल