एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले क्लबका कप्तान लियोनल मेसी बार्सिलोनामै बस्नेमा आफू निश्चित नरहेको बताएका छन्। मेसी बार्सिलोनामा नै रहुन् भन्ने चाहेको बताउँदै उनले मेसीले अर्को क्लबको जर्सी लगाएको आफूले कल्पना गर्न नसक्ने जानकारी दिएका छन्। बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ बर्टोमेउले आफ्ना लागि क्लबमा कठिन अवस्था सिर्जना गरेको भन्दै मेसीले यस सिजनको शुरुमा नै…