Logo

खेलकुद

मेसीभन्दा रोनाल्डो उत्कृष्ट भन्नु कति सही ? मेसीको पक्षमा फ्यानहरूको ट्वीटको बाढी



एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। मेसी र रोनाल्डो फुटबलमा सर्वाधिक धेरै तुलना हुने जोडी पनि हो।

विभिन्न तथ्याङ्कलाई आधार बनाई मेसी र रोनाल्डोबीच तुलना हुने गर्दछ। दुईमध्ये को उत्कृष्ट भनेर विभिन्न सर्वेक्षणहरु पनि भइरहन्छन्। फरकफरक तथ्यलाई आधार मानेर गरिने ती सर्वेक्षणहरुमा कहिले मेसी र कहिले रोनाल्डो उत्कृष्ट भएको ठहर गरिन्छ।

रोनाल्डो र मेसी वर्तमान फुटबलका ‘हट केक’ हुन्। मैदानमा देखिए पनि नदेखिए पनि, राम्रो प्रदर्शन गरे पनि खराब प्रदर्शन गरे पनि यी दुई खेलाडी सदैव चर्चाको शिखरमा नै हुने गर्छन्।

केही समयअघि रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी बने। त्यससँगै उनी मेसीभन्दा उत्कृष्ट भएको धेरैले विश्वास गरे। तर, विश्वभरका मेसीले फ्यानले उक्त कुरा स्वीकार गरेनन्। अर्थात् मेसीभन्दा रोनाल्डो उत्कृष्ट हुन् भन्ने कुरा उनीहरु मान्न तयार भएनन्।

फुटबल करियरमा रोनाल्डो ७ सय ६० गोल पुरा गरेका छन् भने मेसीले ७ सय १९ गोल गरेका छन्। तर, कहानी यहीँ सकिएन। मेसीका एक फ्यानले ट्वीटरमार्फत कहानीलाई नयाँ मोड दिए। त्यससँगै उनीहरुले ‘मेसीभन्दा रोनाल्डो उत्कृष्ट भन्नु बकवास हो’ भन्ने प्रमाणित गर्ने प्रयास गरेका छन्।

मेसीका उक्त फ्यानको ट्वीटलाई १४ हजार बढीले रिट्वीट गरेका छन् भने ४५ हजार बढीले लाइक गरेका छन्। अर्को अर्थमा यो ट्वीटरमा भाइरल नै भएको छ।

मेसीलाई उत्कृष्ट साबित गर्न उनीहरुले प्रस्तुत गरेका केही तथ्याङ्कहरु हेरौं :

एक सिजनमा सबैभन्दा धेरै गोल

लियोनल मेसी –७३
क्रिस्टियानो रोनाल्डो – ६१
(मेसी एक सिजनमा सर्वाधिक गोल गर्ने सर्वकालिन खेलाडी)

एक ल्यालेण्डर वर्षमा सबैभन्दा धेरै गोल

लियोनल मेसी – ९१
क्रिस्टियानो रोनाल्डो – ६९
(मेसी एक क्यालेण्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने सर्वकालिन खेलाडी, रोनाल्डो पाँचौ स्थानमा)

गोल्डेन बुट (युरोपियन सर्वाधिक गोलकर्ता)

लियोनद मेसी – ६
क्रिस्टियानो रोनाल्डो – ४
(मेसी इतिहासमा सबैभन्दा धेरै गोल्डेन बुट जित्ने खेलाडी)

रोनाल्डो रियल मड्रिडमा हुँदा गरेका गोलहरु(२००९–२०१८)

लियोनल मेसी – ४ सय ६२
क्रिस्टियानो रोनाल्डो – ४ सय ४३
(कुनै पनि खेलाडीले उक्त फ्रेममा मेसीले भन्दा बढी गोल गरेका छैनन्)

करियर खेल संख्याको आधारमा गोल अनुपात

लियोनल मेसी – ०.८० (८ सय ९५ खेलमा ७ सय १९ गोल)
क्रिस्टियानो रोनाल्डो – ०.७२ (१ हजार ४१ खेलमा ७ सय ६० गोल)

क्लब करियर

लियोनल मेसी :
७ सय ५३ खेल
६ सय ४८ गोल
७९ पेनाल्टी गोल
४८ फ्रिकिक गोल
४८ ह्याट्रिक
०.८६ गोल अनुपात
(प्रति गोल ९५ मिनेट)

क्रिस्टियानो रोनाल्डो
८ सय ७१ खेल
६ सय ५८ गोल
१ सय २२ पेनाल्टी गोल
४६ फ्रिकिक गोल
४७ ह्याट्रिक
०.७६ गोल अनुपात
(प्रति गोल १०८ मिनेट)

पेनाल्टी क्षेत्रबाहिरबाट करियर गोल

लियाेनल मेसी – ७०
क्रिस्टियानाे रोनाल्डो – ४४

पेनाल्टी गोलबिनाको ह्याट्रिक

लियाेनल मेसी – ४१
क्रिस्टियानाे रोनाल्डो – २६

‘ऐना’को दोश्रो एपिसोड चुडिएको कोपिला–२ (भिडियो)

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल