एजेन्सी, वैशाख २१ – युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मनबीच निर्णायक महाभिडन्त हुँदैछ। खेल नेपालीसमयअनुसार मंगलबार राति १२ः४५ बजे शुरु हुनेछ। पहिलोपटक च्याम्पियन बन्ने सपना बोकेका दुबै टोलीले यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट शुरुवात गरेका थिए। उपाधि दाबेदार मानिएका टोलीहरुलाई पन्छाउँदै सेमिफाइनल आइपुगेका दुईटोलीबीचको पहिलो लेग समाप्त…