Logo

खेलकुद

२००३ पछि एनफिल्डमा सिटीको शानदार जीत, उपाधिमा दौडमा बलियो बन्यो सिटी



एजेन्सी – जारी सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शुरुवात सामान्य थियो। लिगमा कमजोर शुरुवात गरेको सिटी हाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ।

सिटीले आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई ४–१ गोलको नमिठो हार चखायो। त्यसँगै लिगमा एक खेल कम खेलेकोे सिटीले अंक तालिकामा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। लिगमा २२ खेल खेलेको सिटीले १५ जीत, ५ बराबरी र २ हारबाट ५० अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २३ खेलबाट ४५ तथा तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २३ खेलबाट नै ४३ अंक रहेको छ। लिभरपुल २३ खेलबाट ४० अंकको साथ तालिकाको चौथो स्थानमा छ।

आइतबार राति लिभरपुललाई पराजित गरेसँगै सिटे यस सिजन सिटी सबैखाले प्रतिस्पर्धामा लगातार १४ औं जीत निकाल्न सफल भएको हो। सिटीले २०२० को डिसेम्बरको शुरुवातदेखि बराबरी गरेको छैन भने २०२० को नोभेम्बरबाट कुनै पनि खेल हारेको छैन। सिटीले प्रिमियर लिगमा आफ्नो पछिल्लो १० खेलहरुमा जीत निकाल्दै उत्कृष्ट लय कायम गरेकाे छ।

२००३ पछि सिटीले एनफिल्डमा लिभरपुललाई पराजित गर्न सकेको थिएन। जीतसँगै सिटीले प्रिमियर लिगमा आफ्नो उपाधि यात्रा बलियो बनाएको छ। सिजनको शुरुवातमा कोरोना महामारी तथा खेलाडीहरुको चोटका कारण कमजोर शुरुवात गरेको सिटीले हाल उत्कृष्ट लयलाई निरन्तरता दिइरहेको छ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल