Logo

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको चिकित्सकमा डा. अभिषेकराज सिंह



काठमाडौं, चैत २३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक चिकित्सक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले डा. अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।

सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्येश्यले डा. सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको हो ।

यसअघि राष्ट्रिय क्रिकेट टोलीमा निजी चिकित्सक थिएनन् । नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान जोगाउन सफल भएलगत्तै सङ्घले डा. सिंहलाई मेडिकल कोअर्डिनेटर नियुक्त गरेको हो ।

सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताएका छन् ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल