काठमाडौं – विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपाली फुटबल टोली कुवेतमा छ। नेपाल र चाइनिज ताइपेइबीचको खेल बिहीबार(आज) राति ९ः४५ बजे हुनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ। इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको थियो। नेपाल र ताइपेइले हालसम्म २ वटा खेलमा मात्र प्रतिस्पर्धा गरेका छन्। तीमध्ये एक खेल बराबरीमा सकिएको छ…