आइपिएल स्थगित



एजेन्सी, वैशाख २१ – इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करण हाललाई स्थगित गरिएको छ। भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेसँगै एकपछि अर्को खेलाडीमा संक्रमण देखिन थालेकाले आइपिएल स्थगित भएको हो।

केही समयअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को बैठक सकिएको छ। आइपिएलका आजको खेलहरु पनि रोकिएका छन्। यसबारे थप निर्णय अर्को हप्ता गरिने बताइएको छ। लगातार खेलाडीहरुमा संक्रमण बढिरहेका कारण बीसीसीआई आइपिएल स्थगित गर्ने निर्णय गरेको बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: