Logo

खेलकुद

बार्सिलोना भर्सेस एथ्लेटिको मड्रिड : ला लिगा उपाधिमा प्रभाव पार्ने महत्त्वपूर्ण महाभिडन्त



एजेन्सी, वैशाख २३ – स्पेनिस ला लिगा फुटबलमा ३४ औं चरणका खेलहरु समाप्त भइसकेका छन्। लिगमा अब प्रत्येक टोलीले ४ खेल खेल्न बाँकी रहेको अवस्थामा उपाधिका लागि ३ टोलीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

एथ्लेटिकाे मड्रिड, रियल मड्रिड र बार्सिलोनाबीच उपाधिका लागि कडा टक्कर देखिएको छ। हाल एथ्लेटिको ७६ अंकका साथ शीर्षस्थानमा छ भने रियल र बार्सिलोना समान ७४ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। शीर्ष ३ टोलीका प्रत्येक खेलले उपाधि दौडमा महत्त्व राख्दछ।

लिगमा एथ्लेटिको २ अंकले अगाडि रहेका कारण बाँकी खेलमा शतप्रतिशत जित निकाले बिना शंका एथलेटिकोले यस सिजन ला लिगाको उपाधि जित्नेछ। तर, एथ्लेटिकोका लागि खेलहरु सजह भने छैनन्। आगामी शनिबार एथ्लेटिको र बार्सिलोनाबीच महाभिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार राति ८ बजे बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

यो खेल जारी सिजनको ला लिगाको अन्तिम रोमाञ्चक खेल हो। यो खेल बार्सिलोना र एथ्लेटिकोका लागि महत्त्वपूर्ण तर चुनौतीपूर्ण छ। बलिया दुई टोलीबीचको महाभिडन्तको नतिजाले उपाधि दौडमा प्रत्यक्ष प्रभाप पार्नेछ। यो खेलमा विजयी हुने टोलीको उपाधि सम्भावना बलियो हुनेछ किनकि दुबै टोलीका लागि बाँकी ३ खेल केही सहज हुने देखिन्छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल