काठमाडौँ, कात्तिक ९ गते । नेपाल प्रिमियर लिग एनपिएलमा उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्सले सोमबार पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर शानदार सुरुवात गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ दशमलव २ ओभरमै ८७ रनमा अलआउट भयो। गत वर्ष लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा निराश पारेर…