Logo

खेलकुद

पबजी विश्वकप आजबाट शुरु : अन्तिम हुनेलाई १२ लाख पुरुकार, अन्यलाई कति ?



काठमाडौं – पबजी विश्वकै लोकप्रिय खेल भइसकेको छ। नेपालमा पनि यसको निकै राम्रो क्रेज हरेको छ।

एक तथ्याङ्कअनुसार हरेक महिना करिब ५२ करोड खेलाडी सक्रिय रहन्छन्। दैनिक सक्रिय खेलाडीको संख्या पनि करिब ४ करोड छ। यस खेलसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन थालेका छन्।

उक्त खेल बनाउने क्राफ्टन कम्पनीले यिनै खेलाडीहरुको लागि पबजी ग्लोबल च्याम्पियनशिप ल्याएको छ। प्रतियोगिता शुक्रबार बिहानदेखि सुरु भएको छ र १९ डिसेम्बरसम्म चल्नेछ। सबै प्रमुख वेबसाइटमा यसको लाइभ स्ट्रिमिङ गरिनेछ।

पबजी ग्लोबल च्याम्पियनशिपमा विश्वभरबाट ३२ टिम सहभागी हुनेछन्। सबै टिमलाई गरेर कूल १८ लाख ६० हजार डलर (२२ करोड रुपैयाँ) पुरस्कार दिइनेछ। यीमध्ये पहिलोदेखि १६ औं स्थानसम्म रहने टिमले फरक फरक राशी पुरस्कार पाउनेछन्। १७ देखि २०, २१ देखि २४ र २५ देखि ३२ औं स्थानमा रहने टिमहरुलाई समान राशीको पुरस्कार दिइनेछ।

प्रतियोगिताको फाइनल ३ दिनसम्म चल्नेछ। यसमा हरेक दिन ५ म्याच खेलिनेछ। पुरस्कार जित्ने सबै खेलाडीहरुलाई कोरियाको इंचियोन प्याराडाइज सिटीको यात्रा गराइनेछ। त्यहाँ सबैलाई करिब २ मिलियन डलरको पुरस्कार दिइनेछ।

प्रतियोगितामा सबैभन्दा धेरै मा,र्ने खेलाडीलाई १० हजार डलर (१२ लाख रुपैयाँ) र टिमलाई २० हजार डलर (२४ लाख रुपैयाँ) पुरस्कार दिइनेछ। प्रतियोगितामा अन्तिम हुनेलाई पनि १० हजार डलर पुरस्कार दिइने बताइएको छ।

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल