Logo

खेलकुद

नेयमार ८ साता मैदान बाहिर



एजेन्सी – खुट्टाको लिगामेन्टको चोटबाट गुज्रिएका फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएफस) का स्टार नेयमार ८ साता मैदान बाहिर हुने भएका छन्।

जियोफरोए जिओचार्ड स्टेडियममा आईतबार राति लिग वान अन्तर्गत सेन्ट ईटिनविरुद्धको खेल दौरान नेयमार घाइते भएका थिए।
८ साता मैदान बाहिर हुने भएपछि उनले ७ वटा लिग वान खेल र एउटा च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन्।

नेयमारका चोटको विषयमा बोल्दै क्लबले ७२ घन्टापछि थप अपडेट गर्ने बताएको छ। घरेलु लिगमा पिएसजीले दोस्रो स्थानको रेनससँग १२ अंकको अग्रता बनाएको छ। यसअघि समूहमा शीर्ष दुई भित्र रहँदै च्याम्पियन लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल