Logo

खेलकुद

अग्विरोको संन्यासको हल्ला निराधारः प्रशिक्षक जाभी



बार्सिलोना – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले स्ट्राइकर सर्जियो अग्विरोले सन्यासको घोषणा गर्न लागेको भन्ने खबर गलत भएको बताएका छन् ।

शनिबार केही स्पेनिस सञ्चारमाध्यमले अग्विरोले अर्को हप्ता पत्रकार सम्मेलन गर्दै फुटबलबाट सन्यास लिने खवर प्रकाशित गरेका थिए ।

‘शनिबार सञ्चार माध्यमहरुमा जे देखियो त्यो सत्य होइन । मैले अग्विरोसँग कुरा गरेको थिए,’ जाभीले भने, ‘उनी शान्त र खुसी छन् । मैले उनलाई ठिक महसुस गरेपछि फर्कन आग्रह समेत गरें ।’

शनिबार ला लिगाअन्तर्गत स्पानियोलमाथी १-० को जित दर्ता गराएपछि बार्सिलोनाका प्रशिक्षक जाभीले अग्विरोको सन्यासको खबर सत्य नभएको बताएका हुन् ।

स्पानियोलविरुद्ध जाभीको प्रशिक्षणमा बार्सिलोनाले खेलेको पहिलो खेल थियो ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल