Logo

खेलकुद

नेपाली मुलका भारतीय फुटबल कप्तान सुनिल क्षेत्री महिनामा कति कमाउँछन्? कति छ उनको सम्पति?



काठमाडौं – नेपालीभाषी भारतीय फुटबल स्टार सुनिल क्षेत्री राष्ट्रिय फुटबल टिमको कप्तान हुन् । जब सुनिलले फुटबल मैदानमा प्रवेश गर्छन्, जादुमयी खेल प्रस्तुत गर्छन् ।

सुनिल क्षेत्री, फुटबलप्रेमीलाई चिनाइरहनुपर्ने नाम होइन। उनले ७९ औं अन्तर्राष्ट्रिय गोल गरेका छन्।

उनको प्रदर्शनलाई लिएर धेरैजसो आश्चर्यले जिब्रो टोक्छन्। आखिर सुनिलले कसरी यति शानदार प्रदर्शन गर्न सकिरहेका छन् ?

सन् १९८४ मा भारतको आन्द्र प्रदेशमा जन्मेका सुनिल उनका बुबा आमा नेपाली नै हुन् । भारतीय आर्मीमा जागिर गर्ने उनका पिताको जागिरको सिलसिलामा भारतको धेरै ठाउँ र धेरै स्कुलमामा अध्यान गर्नु परेको थियो।

भारतमा नै हुर्किएका सुनिल ‘क्याप्टेन फ्यान्टास्टिक’ उपनामले चिनिने छेत्री भारतीय राष्ट्रिय टोलीबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडी समेत हुन् ।

क्षेत्रीका बुबा भारतीय सैनिक टोलीबाट फुटबल खेल्थे । उनकी आमा सुशीला क्षेत्री नेपाली राष्ट्रिय महिला टोलीको सदस्य थिइन् ।

सन् २००२ मा मोहन बगानसँग आबद्ध भएर व्यावसायिक रुपमा खेल्न शुरु गरेका क्षेत्रीले २००५ देखि भारतको राष्ट्रिय टोलीबाट पाकिस्तानविरुद्ध पहिलो खेल खेलेका थिए । र, गोल पनि गरेका थिए।

यहाँबाट उनको फुटबलको यात्रा शुरु भयो। त्यसपछि उनले कहिल्यै पनि अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । निकै मेहनती सुनिल उनले आफ्नो करियरमा निकै धेरै नै पैसा कमाएका छन् ।

सुनिलको क्षेत्रीको सम्पति कति ?

नेपालको फुटबल टिम र व्यवस्थापनभन्दा निकै राम्रो रहेको भारत त्यहाँका खेलाडीलाई पनि निकै राम्रो पारिश्रमिक पाउने गरेका छन् ।

सुनिलले अहिले महिनाको लाखौ रुपयाँ कमाउने गर्दछन्।

उनले एउटा म्याच खेलेको ८ लाख भारतीय रुपैयाँ लिने गरेका छन् । त्यस्तै उनि विभिन्न कम्पनिका ब्रान्ड एम्बास्डर पनि छन् । जहाँबाट उनले करोडौ कमाउने गर्दछन्।

उनीसँग रहेको कार कलेक्सनको कुरा गर्ने हो भने क्षेत्रीसँग मारुती सुजुकी सियाज रहेको छ, जसको मूल्य ९ लाख भारु रहेको छ ।

त्यस्तै अर्को मारुती सुजुकीको नै रहेको त्यसको मूल्य १० लाख भारु रहेको छ । अर्को अडिको कार रहेको छ, त्यसको मूल्य ५५ लाख भारु रहेको छ ।

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी (भिडियो)

प्रकाशित : ४ मंसिर २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल