Logo

खेलकुद

फुटबलमा ‘रोनाल्डो र मेसी युग’ सकिँदै : मेसी र रोनाल्डोलाई उछिन्दै लेवान्डोस्की



एजेन्सी – पछिल्लो समयमा विश्व फुटबलमा ‘रोनाल्डो र मेसी युग’ सकिन लागेको टिप्पणी भइरहेका छन्। पोर्चुगिज् फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले विश्व फुटबलमा करिब दुई दशक एकछत्र राज गरे।

यी दुई खेलाडीले लामो समयसम्म खेल प्रदर्शनसँगै विभिन्न अवार्डमा पनि अन्य खेलाडीलाई ओझेलमा पारेका थिए। तर, हाल फुटबलमा प्रदर्शनसँगै अवार्डका मामिलामा नयाँ खेलाडीहरुको वर्चस्व बढ्दै गइरहेको छ। हालैमात्र पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वका सर्वकालिन् महान् फुटबलर मेसी र रोनाल्डोलाई पुनः एकपटक उछिनेका छन्।

जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका लेवान्डोस्कीले रोनाल्डो र मेसीलाई पछि पार्दै ‘आईएफएफएचएस बेस्ट प्लेयर’ अवार्ड जितेका छन्। सन् २०२० को उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले उक्त अवार्ड जितेका हुन्।

त्यस्तै, उनले ‘इन्टरनेसनल टप गोल स्कोरर’ अवार्ड पनि हात पारेका छन्। सन् २०२० मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन्।

लेवान्डोस्कीले मेसी र रोनाल्डोलाई उछिन्दै यसअघि सम्पन्न ‘फिफा दी बेस्ट’ मा उत्कृष्ट खेलाडीकाे अवार्ड पनि जितेका थिए। जारी सिजन पनि उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले ‘युरोपियन गोल्डेन बुट’को दौडमा पनि मेसी र रोनाल्डोलाई पछि पारिरहेका छन्।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल