Logo

खेलकुद

काठमाडौं महानगरपालिकाले क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने



काठमाडाैं, २१ माघ – काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यसका लागि मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ। पत्रमा काठमाडौं महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका हुन्।

काठमाडैं महानगरपालिकाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख रुपैयाँ, बी डिभिजनलाई जनही छ लाख रुपैयाँ र सी डिभिजनलाई चार लाख रुपैयाँ सहयोग गरिसकेको छ। महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन यसप्रकार लगानी गरिएको काठमाडैं महानगरपालिकाको भनाइ छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए। यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले संघलाई सहयोग गरेको बताए।

नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ। समारोहमा संघका अध्यक्ष चन्दले भने, ‘यस वर्ष महानगरले लगानीलाई अर्को वर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौँ।’

कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार संघलाई सम्झौताबमोजि दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ। पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ।

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल