Logo

खेलकुद

रियल मड्रिड भर्सेस चेल्सी: हेर्नुहाेस् यस्तो छ हालसम्मको तथ्यांक (प्रशिक्षकको भनाईसहित)



एजेन्सी – युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको पहिलो लेगमा मंगलबार राति स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ मा शुरु हुनेछ।

थोमस टुचेलको प्रशिक्षणमा रहेको चेल्सी र जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल मड्रिडबीच सन् १९९८ पछिको यो पहिलो भेट हो। हालसम्म २ टोलीले ३ खेलमा प्रतिस्पर्धा गरेका छन्। त्यसमा इंग्लिस क्लब अपराजित रहेको छ। ३ खेलमध्ये २ खेलमा चेल्सी विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ।

सन् १९७१ मा भएको युईएफए युरोपियन कप विनर्स कपमा दुई टोलीले एक–एक गोलको बराबरी खेलेका थिए। सन् १९७१ मै भएको अर्को खेलमा चेल्सी २–१ गोलले विजयी भएको थियो। सन् १९९८ मा भएको युईएफए सुपर कपमा चेल्सी १–० गोलले विजयी भएको थियो।

रियल मड्रिड च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली हो। रियलले १३ पटक उपाधि जितिसकेको छ भने चेल्सीले एकपटक उपाधि जितेको छ। रियलको च्याम्पियन्स लिगमा यो १४ औं सेमिफाइनल यात्रा हो। चेल्सीको मुख्य प्रशिक्षकको जिम्मा लिएदेखि टुचेलले स्पेनिस क्लबसँग हार बेहोरेका छैनन्।

यसैबीच चेल्सीका प्रशिक्षक टुचेलले रियल मड्रिडविरुद्धको खेल कठिन भए पनि आफूहरु त्यसको सामना गर्न तयार रहेको बताएका छन्। ‘जिदानेले अविश्वसनीय रेकर्ड बनाएका छन्, विशेषगरी लगातार ३ पटक उपाधि जितेर,’ उनले भने, ‘यो निकै असम्भवजस्तो लाग्छ। तर, हामी सेमिफाइनल आइसकेका छौं। हाम्रा लागि रियलविरुद्धको खेल कठिन हुने छैन।’

त्यस्तै, रियल मड्रिडका प्रशिक्षक जिदानेले फाइनल प्रवेश गर्नका लागि आफ्नो टोलीले दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन्। ‘चेल्सी पूर्ण टोली हो। उनीहरु आक्रमण पनि राम्रो गर्छन्, अनि डिफेन्स पनि उत्कृष्ट छ,’ उनले भने, ‘तर, हामी फाइनल प्रवेशका लागि हरसम्भव प्रयास गर्नेछौं। मलाई टोलीप्रति विश्वास छ।’

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : १३ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल