Logo

खेलकुद

कोपा डेल रे : सेभिल्लाविरुद्ध ‘कमब्याक’ गर्न बार्सिलोनालाई मुश्किल



जेन्सी – कोपा डेल रे फुटबलको सेमिफाइनल खेलको पहिलो लेगमा बार्सिलोना सेभिल्लासँग पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा जुल्स कोउन्डे र इभान राकिटिकले गोल गर्दै सेभिल्लालाई २–० को जीत दिलाए।

दुई टोलीबीचको दोस्रो लेग बुधबार राति १ः४५ बजे हुनेछ। उक्त खेलमा बार्सिलोनाले सेभिल्लालाई आफ्नो घरमा स्वागत गर्दैछ। च्याम्पियन्स लिग र ला लिगामा उपाधिविहिन बन्ने सम्भावना भएका कारण बार्सिलोना कोपा डेल रे नगुमोस् भन्ने सोचमा छ।

कोपा डेल रे मा उपाधि जित्ने सम्भावना जीवितै राख्न बार्सिलोनाले सेभिल्लालाई घरेलु मैदानमा पराजित गर्नुपर्ने छ, त्यो पनि ३ गोलको अन्तरले। अर्थात् बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।

उक्त खेलमा बार्सिलोनाले २–० ले मात्र सेभियालाई पराजित गरेमा पनि खेल अतिरिक्त समयमा धकेलिनेछ। तर, सो खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएमा सेभिल्लालाई अवे गोलको फाइदा पुग्नेछ र एग्रिगेटमा बराबरी भए पनि सेभिल्ला फाइनल पुग्नेछ।

अतः सो खेलमा बार्सिलोना स्पष्ट ३ गोलअन्तरको जीतको खोजीमा हुनेछ। तर, पहिलो लेगमा २–० गोलले पछि परेको बर्सिलोनाका लागि उक्त कमब्याक मुश्किल हुने फुटबल विश्लेषकहरू बताउँछन्। बार्सिलोना को खेल यस सिजन एकरुपको छैन।

कहिले निराशाजनक त कहिले उतसाहजनक खेल खेल्दै आएको बार्सिलोनालाई सेभिल्लाले निराश बनाउन सक्ने बताइएको छ। सेभिल्ला खेलमा कुनै पनि हालतमा बार्सिलोनालाई रोक्ने मनस्थितिमा छ। आक्रमणभन्दा पनि डिफेन्स बलियो बनाउँदै सेभिया खेल जित्ने पक्षमा हुनेछ।

हाले भएको ला लिगा फुटबलमा बार्सिलोनाले सेभियालाई २–० गोलले पराजित गरेको थियो। ओस्मान डेम्बेले र लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई जिताएका थिए। दोस्रो लेगमा बार्सिलोनाले आक्रामक खेल खेल्नुपर्ने हुन्छ। आक्रामक खेलमा बार्सिलोनाले गल्ती गर्न सक्ने उत्तिकै सम्भावना छ। त्यसकारण बार्सिलोनालाई सेभियाविरुद्धको कमब्याक मुश्किल हुने देखिन्छ।

महावीर पुनले बनाए घर–घरमै औषधी पुर्‍याउने मेडिकल ड्रोन (भिडियो)

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल