Logo

खेलकुद

ला लिगामा सुआरेज: उपाधि जित्न बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई दिएको सुन्दर उपहार



एजेन्सी, ११ माघ – स्पेनिस क्लब बार्सिलोनाले सिजनको शुरुवातमा आफ्ना केही स्टार खेलाडीलाई बिदा गरेको थियो। ती खेलाडीमध्येका एक थिए उरुग्वियन फरवार्ड लुइस सुआरेज।

क्लबका लागि महत्वपूर्ण योगदान दिएका खेलाडीहरुलाई बार्सिलोनाले अपमानजनक रुपमा निकालेको भन्दै त्यसबेला क्लबको चर्को आलोचना भएको थिए। सुआरेज ला लिगामा सफल खेलाडीमध्येका एक पनि हुन्।

बार्सिलोनाको बर्हिगमनपछि उनी एथ्लेटिको मड्रिड गए। एथ्लेटिकोबाट खेलिरहेका सुआरेज यस सिजन उच्च लयमा छन।् उनी ला लिगाको यस सिजनको सर्वाधिक गोलकर्ताको दौडमा पनि छन्। त्यति मात्रै हैन, उनी आबद्ध क्लब एथ्लेटिको पनि उपाधि होडमा सबैभन्दा बलियो देखिएको छ।

हाल ला लिगाको सर्वाधिक गोलकर्तामा सेभिल्लाका युसेफ इन नेसिरी छन्। उनले १२ गोल गरिसकेका छन्। सुआरेज ११ गोलका पूर्व सहकर्मी तथा बार्सिलोनाका कप्तान लियोनल मेसीसँगै दोस्रो स्थानमा छन्। बार्सिलोनाको निरन्तर निरीह प्रदर्शन र सुआरेजको शानदार प्रदर्शनले यतिबेला बार्सिलोनालाई स्टार खेलाडीको बहिर्गमन महँगो परिरहेको छ।

क्लबको प्रदर्शन खस्किएसँगै बार्सिलोनाले टिमको प्रशिक्षक अर्नेस्टो भल्भर्डे हटाएर क्विक सेटिएन भित्र्यायो। त्यति मात्र हैन केही युवा खेलाडीहरुलाई पनि समावेश गरी राम्रो टिम तयार ग¥यो तर, टिमको खेल सोचेजस्तो भएन। गत सिजनको खराब प्रदर्शनपछि बार्सिलोनाले मुख्य प्रशिक्षकमा रोनाल्ड कोएम्यानलाई भित्र्याएको छ र पनि टोलीको खेल निराशाजनक नै छ।

मेसी, नेयमार जुनियर र सुआरेज हुँदा सफलताको उचाइमा पुगेको बार्सिलोना नेयमार र सुआरेजले क्लबबाट बिदा लिएसँगै कमजोर देखिएको स्पष्ट हुन्छ। विशेषगरी, सुआरेजको बहिर्गमनले बार्सिलोनाको टिम कमजोर नै साबित भएको छ। अप्रत्यक्षरुपमा स्टार खेलाडी क्लबबाट बाहिरिएपछि बार्सिलोनालाई केही पश्चाताप् भएको फुटबल विश्लेषक बताउँछन्।

हाल सुआरेजकै उत्कृष्ट प्रदर्शनको मद्दतमा एथ्लेटिको मड्रिड ला लिगाको शीर्षस्थानमा छ। एथ्लेटिको २ खेल अगावै दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंकले अगाडि छ भने चौथो स्थानको बार्सिलोनाभन्दा १० अंकले अगाडि छ। एथ्लेटिकोलाई बलियो अवस्थामा उभ्याउन सुआरेजको महत्वपूर्ण योगदान छ।

एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो साइमोनले क्लबमा राम्रो फिनिसर भएकोमा खुशी व्यक्त गर्दै सुआरेजको प्रशंसा गरेका छन्। उरुग्वियनको खेलबाट सन्तुष्ट रहेका उनले सुआरेजलाई निकाल्ने बार्सिलोनाको निर्णयको आलोचना पनि गरे। ‘उनीहरुले सुआरेजको साथ जे गरे, त्यो पागलपन जस्तो लाग्छ,’ उनले भने, ‘उनी (सुआरेज) सित्तैमा गए, उनलाई सम्झौताको वर्षसम्म पैसा दिइयो अनि उपाधि भिडन्तमा भेटिने टोलीलाई नै सुम्पिइयो।’

‘ऐना’को दोश्रो एपिसोड चुडिएको कोपिला–२ (भिडियो)

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल