Logo

खेलकुद

फुटबल इतिहासमा राेनाल्डाेकाे दुई अभूतपूर्व कीर्तिमान, युभेन्टसलाई सुपर कपको उपाधि



एजेन्सी, ८ माघ – क्रिस्टियानो रोनाल्डो प्रेरित युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ। फरवार्ड रोनाल्डो र अल्भारो मोराटाकाे गोल मद्दतमा युभेन्टसले नापोलीलाई २–० गोलले हराउँदै सुपर कपको उपाधि जितेको हो।

खेलको दोस्रो हाफको ६४ औं मिनेटमा गोल गर्दै रोनाल्डाले युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए। इन्जुरी समयको थप गरिएको पाँचौ मिनेटमा जुआन कोर्डाडोको पासमा अल्भारो मोराटाले गोल गदै युभेन्टसलाई च्याम्पियन बनाए।

नापोलीविरुद्ध रोनाल्डोकाे गोलले टोलीलाई उपाधि जिताउन प्रेरित गर्‍याे। गोलको खडेरी परिरहेको खेलमा उनले गरेको गोलले टोलीलाई जिताउन मद्दत त गर्‍याे नै, सँगै रोनाल्डोले फुटबल इतिहासमा अभूतपूर्व दुई कीर्तिमान आफ्नो नाममा लेखाए।

रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक धेरै आधिकारीक गोल गर्ने खलाडी बनेका छन्। ७ सय ५९ गाेलका साथ जोसेफ बिकोनसँगै सर्वाधिक धेरै गोल गर्ने खेलाडीको शीर्षस्थानमा रहेका रोनाल्डो नापोलीविरुद्ध गोल गर्दै ७ सय ६० गोलको साथ सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन्।

त्यस्तै, उनी लगातार १५ सिजनमा २० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। यस सिजन रोनाल्डोले सिरी ए मा १५, च्याम्पियन्स लिगमा ४ र सुपर कपमा एक गरी कुल २० गोल गरेका छन्। बढ्दाे उमेरका बाबजुद राेनाल्डाेले उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्। उनी हाल सिरी ए काे सर्वाधिक गाेलकर्ता पनि हुन्।

गगन थापाले किन केपी शर्मा ओलीलाई भारत जान सुझाव दिए?

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल