Logo

खेलकुद

‘मेसीले बार्सिलोनाबाट नखेलेकै राम्रो, उनी नखेलेपछि बार्सिलोनाले जित्छ’



एजेन्सी, १३ माघ – अर्जेन्टिनी पुर्व गोलरक्षक ह्युगो ओरल्याण्डो गाती लियोनल मेसीका कडा आचोलकमध्ये एक हुन्। त्यसकारण उनले मेसी र बार्सिलोनाबारे कुनै विववदस्पद अभिव्यक्ति दिँदा अचम्म मान्नुपर्ने केही छैन।

हाल गातीले मेसी नखेलेपछि बार्सिलोनाले खेलहरु जितिरहेको प्रतिक्रिया दिएका छन्। उनले मेसी टिममा नहुँदा बार्सिलोनाले अन्य शक्तिमा ध्यान केन्द्रित गर्न सफल भएको जानकारी दिएका हुन्। स्पेनिस सुपर कपकाे फाइनलमा रातो कार्ड खाएसँगै मेसीले बार्सिलोनाको दुई खेल गुमाए।

मेसीबिना मैदान उत्रिएको बार्सिलोनाले कोपा डेल रेमा कोर्नेलालाई २–० गोलले पराजित गर्‍याे। त्यस्तै, ला लिगामा पनि एल्चेलाई सोही गोलअन्तरले हरायो।

त्यही कुरालाई आधार मानेर गातीले मेसी र बार्सिलोनाबारे त्यस्तो टिप्पणी गरेका हुन्। ‘प्रत्येक चोटि मेसीले नखेलेको बेला बार्सिलोना जित्छ, किनकी उनीहरु आफ्नो अन्य शक्तिमा ध्यान केन्द्रित गर्न सफल हुन्छन्,’ गातीले भने।

‘फुटबल भनेको जित्नकै लागि खेलिन्छ, यदि तपाईँले उत्कृष्ट खेल्नुहुन्छ भने त्यो धेरै राम्रो कुरा हो,’ उनले थपे, ‘प्रत्येक चोटि मेसी नखेले बार्सिलोना जित्छ।’ उनले मेसीले बार्सिलोनाबाट नखेलेकै ठिक भएको आशय व्यक्त गरेका हुन्।

गगन थापाले किन केपी शर्मा ओलीलाई भारत जान सुझाव दिए?

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल