![](https://www.asiasanchar.com/wp-content/uploads/2021/01/mahindra-thar-suv-mohammed-siraj-navdeep-saini-washington-sundar-shubman-gill-t-natarajan-shardul-thakur.jpg)
एजेन्सी, ११ माघ – भारतीय प्रसिद्ध व्यवसायी तथा महिन्द्रा ग्रुपका मालिक आनन्द महिन्द्राले ६ भारतीय क्रिकेट खेलाडीलाई ‘महिन्द्रा थार एसयुभी’ कार उपहार दिने भएका छन्।
उनले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज दौरान भारतीय टिममा डेब्यू गरेका ५ क्रिकेटरसहित शार्दुल ठाकुरलाई ‘महिन्द्रा थार एसयुभी’ कार उपहार दिने घोषणा गरेका हुन्।
व्यवसायी आनन्द महिन्द्रा केही विशेष काम गर्नेहरूलाई उपहार दिन माहिर मानिन्छन्। उनले शनिबार एक भिडियो सेयर गर्दै अष्ट्रेलियाविरुद्धको सिरिजमा शानदार प्रदर्शन गरेका ६ युवा खेलाडीलाई आफ्नो तर्फबाट ‘महिन्द्रा थार एसयुभी’ कार उपहार दिने घोषणा गरेका हुन्।
यससँगै मोहम्मद सिराज, टी नटराजन, वासिङ्टन सुन्दर, शुभमन गिल, नवदीप सैनी र शार्दुल ठाकुरले कार उपहार पाउने भएका छन्।
यिनै खेलाडीहरूको मद्दतमा भारतले ४ खेलको टेष्ट सिरिजमा अष्ट्रेलियालाई उसैको घरमा पराजित गर्दै ‘बोर्डर गाभास्कर ट्रफी’ जितेको थियो। टिम इन्डियाको जीतका लागि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पनि ५ करोड बोनस दिने निर्णय गरेको छ।
प्रतिक्रिया