Logo

खेलकुद

मेसीले अर्को क्लबको जर्सी लगाएको म कल्पना नै गर्न सक्दिनँ: प्रशिक्षक कोएम्यान



एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले क्लबका कप्तान लियोनल मेसी बार्सिलोनामै बस्नेमा आफू निश्चित नरहेको बताएका छन्। मेसी बार्सिलोनामा नै रहुन् भन्ने चाहेको बताउँदै उनले मेसीले अर्को क्लबको जर्सी लगाएको आफूले कल्पना गर्न नसक्ने जानकारी दिएका छन्।

बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ बर्टोमेउले आफ्ना लागि क्लबमा कठिन अवस्था सिर्जना गरेको भन्दै मेसीले यस सिजनको शुरुमा नै क्लब छोड्ने निर्णय गरेका थिए। तर, उनी बार्सिलोनामा बस्न बाध्य भए किननि उनले क्लबलाई अदालतमा उभ्याउन चाहेनन्।

कोएम्यानले बार्सिलोनामा मेसीको भविष्य हाललाई अनिश्चित देखिएको प्रतिक्रिया दिएका हुन्। ‘म यसबारेमा विश्वस्त छैन। उनी क्लबमा रहनेछन् भन्नेमा म आशावादी छु। किनकि उनी अहिले पनि उत्कृष्ट खेलाडी हुन् र टिमका लागि खेल जीताउन सक्छन्,’ कोएम्यानले भने, ‘म उनको प्रशिक्षक भएकोमा रमाइरहेको छु। प्रशिक्षणका क्रममा देखिने उनका गुणहरु अविश्वसनीय लाग्छ।’

‘उनी सानो बच्चाका रुपमा बार्सिलोनामा आएका थिए,’ उनले थपे, ‘म अहिले पनि मेसीलाई बार्सिलोना बाहेकको जर्सीमा देख्न सक्दिन।’

प्रकाशित : २० माघ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल