काठमाडौं, २८ फागुन – नेपाली कांग्रेसका नेता एवम् पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा लिम्बूको निधन भएको छ। ललितपुरको निदान हस्पिटलमा शेर्माको निधन भएको हो। लामो समयदेखिको स्वास्थ्य उपचारका बावजुद शेर्माले बुधबार अपरान्ह संसार छाडेका हुन्। दुवै मिर्गौलाले काम गर्न छाडेपछि दुई वर्षयता शेर्माको उपचार भइरहेको थियो। शेर्माको जन्म वि.सं. २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ…