Logo

राजनीति

प्रधानमन्त्री र शिक्षामन्त्रीलाई डा. संग्रौलाको प्रश्न, ‘विश्वविद्यालयको नेतृत्व चयन कहिले गर्ने?’



डा. डिला संग्रौला

काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सत्तारुढ नेकपाभित्र भागबण्डा नमिल्दा ६ वटा विश्वविद्यालय नेतृत्वविहीन हुन पुगेकोप्रति चिन्ता व्यक्त गरेकी छिन्।

संसदको शून्य समयमा डा. संग्रौलाले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन हुँदा पनि सरकारले बेवास्ता गरेर लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पार्ने काम गरेको बताएका हुन्।

‘विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ, ६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन छन्, विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छाया छ, भागबण्डाका आधारमा नेतृत्व चयन नहोस्, तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस्,’ संग्रौलाले भनिन्।

सांसद डा. डिला संग्रौलाले संसदमा राखेको मन्तव्य

स्टेफन हकिङले भन्नु भएको छ, ‘ज्ञानको सबैभन्दा ठूलो दुश्मन अज्ञानता होइन। ज्ञानको भ्रम हो।’ यो भनाईमा जस्तै बहुत ज्ञानी छु भन्ने नेकपा सरकारले बोकेको छ। कुलपति समेत रहनु भएका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक छ।

दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन छन्। विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ। ६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन छन्। विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छाया छ। भागबण्डाका आधारमा नेतृत्व चयन नहोस्। तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस्।

लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार न प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई। लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा नहोस्। सरकारका काम कारबाहीलाई राम्रो–नराम्रो छुट्टयाउने सदन हो। यो विषय तत्काल सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।

धन्यवाद।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल