काठमाडौँ, १८ चैत – नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार राजुराज जोशीले विदेशबाट फर्किएर काठमाडौंमा बसिरहेका व्यक्तिहरूको तथ्याङ्क सार्वजनिक गर्न ध्यानाकर्षण गराएका छन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेख्दै जोशीले विदेशबाट आएर काठमाडौँमा बसोबास गरिरहेका व्यक्तिको लगत संकलन गरी सार्वजनिक गर्न माग गरेका हुन्। ‘विदेशबाट आएकाहरुको तथ्याङ्क जनतालाई दिँदै उनीहरुको अवस्था…