Logo

राजनीति

कांग्रेस युवा नेता शाहीद्वारा २० दिनकी सुत्केरीको परिवारलाई खाद्यान्‍न र नगद सहयोग



काठमाडाैँ, १ वैशाख – नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरूण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीले कालिकोट जिल्ला पचालझरना गाउपालिका–३ घर भएकी एक महिलालाई खाद्यान्न र नगद प्रदान गरेका छन्।

सुत्केरी लालसरा परियार, उनका श्रीमान् हंश परियार र छोराछोरीका लागि नेता शाहीले आवश्यक खाद्यान्न र नगद प्रदान गरेका हुन्।

सुत्केरीका परिवार लाई लकडाउन भरी आवश्यक पर्ने सम्पूर्ण खाद्यान्नको प्रबन्ध आफूले गरिदिने शाहीले बताएका छन्। साथै लकडाउनका कारणले समस्यामा परेका अन्य परिवारहरुलाई पनि आफूले सक्दो सहयोग गर्ने शाहीले बताए।

लालसरालाई सुत्केरी व्यथाले च्यापेपछि चैत्र १० गते काठमाडौं आएकी थिइन्। काठमाडौंमा प्रसुति गराइयो। छोरी जन्माइन्। तर, ११ गतेबाट शुरू लकडाउनका उनीहरुको विचल्‍ली भयो।

कालिकोट फर्किन नपाएपछि उनीहरुले नेता शाहीलाई सहयोग मागेका थिए। ‘मेरा जिल्लाबासीलाई मैले सहयोग गर्नैपर्छ, त्यो मेरो दायित्व हो,’ शाहीले भने, ‘यो प्रयास अझै निरन्तर रहन्छ।’

प्रकाशित : १ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: